Saturday, May 12, 2012

रंगिन सहरमा पहिलो बिहान


मेरो साथीहरुलाई म रंगिन सहरको गफ लडाउन थालें|
प्रसङ्ग कता बाट कता पुग्यो पात्र पनि को को थपिए!
हुदा हुदा परिबेस परिवर्तन भयो!
टुंट टुंट टुंट टुंट टुंट टुंट
थुक्क मेरो नोकिया ६३००,
बेला न कुबेला कराउन्छ|
बिहान बिउझिंदा मेरो आँखा सिलिंगमा रहेको बत्तीमा अड्कियो| एकछिन त रनभुल्ल परें, मेरो घरको सिलिंगमा यो हरियो बती कहाबाट आयो! दिमाग
बुट भैसकेपछि बल्ल यतार्थता बाहिर आयो, म त रंगिन सहरमा बिउँझेको छु! मैले सिलिंगमा देखेको बत्ति त्यै मान्छेको घरको हो जसलाई मेरो मामाघरको हजुरआमा ले मेरी आमा भन्दा २ बर्ष पछी जन्म दिनुभएको थियो अर्थात् मेरो मामा!
हिजो दिनभरको थकान ले जिउ एकदमै दुखिरहेको थियो! मोटरसाइकलमा एती लामो यात्रा सायदै गर्थें म! तेस्माथि यात्रा छोट्याउन रोजीएको बाटो एकदमै कठिन थियो! सिमसिम पानी धुले बाटोमा बर्सिदा धान रोप्न ठिक्क पारेको हिले-खेत जस्तो थियो अनि हामि बुवा-छोरा बाउसे र मेरो पल्सर एक्लो
हल-गोरु! बेलुका मामा घर आइपुग्दा थकाइको कारण मामा-माइजु र भाइहरुसंग धेरेई गफ हुन पाएन, मामा र बुवा गफिंदै गर्दा म भने भोलिको दिन सम्झिदा सम्झिदै मेरो आफ्नो घर पुगेछु जहाबाट मेरो मोबाइलको अलार्मले मलाई फेरी रंगीन सहरमा फर्काएर ल्यायो|

भान्जा चिया माइजुको स्वर ढोका बाहिर गुन्जियो!
ढोका खोलें, माइजु को हातमा किस्ती र त्यसमाथि ४-५ ओटा चिया भरिएका कपहरु थिए| हरियो रंगको कपमा मैले अधिकार जमाएं| बाकि कपहरुको संख्या हेर्दा घरमा कोहि पाहुना थपिएको महसुस गरें| माइजु बांकि चिया लिएर फर्किंदा पछी रहेको
भैरे मा मेरो आँखा पर्यो, जो बाकि रहेको एकदुई ओटा दांत देखाएर हाँसिरहेको छ|
भैरे अर्थात अविनब, मेरो कान्छो मामाको कान्छो छोरा| तोते बोलि बोल्दा एकपटक मैले त्यसलाई जिस्काएर भैरे भनेर बोलाएको थिएँ! पछी सम्म अबिनबलाई मैले तेरो नाम के हो? भन्दा भैरे भन्ने छोटो जबाफ दिन्थ्यो! उसलाई मेरो नाम सम्म थाहा थिएन त्यो बेलासम्म| अरुले मतिर देखाएर यो को हो? भन्यो भन्ने भैरे भन्ने दादा भन्ने जबाफ दिन्थ्यो ! नाम सोध त, माइजुले एकपटक भैरे लाई मेरो नाम सोध्न प्रोत्साहित गर्नुभएको थियो!
बिजय दादा, हजुरको नाम के हो? कोठालाई हाँसो ले गुन्जायमान बनाएको थियो उसको बालसुलभ प्रश्नले!  
तेरो नाम के हो? मैले पुरानै पाराले पुरानै प्रश्न गरें!
 
..... मैले अपेक्षित जबाफ पाएँ!
जा, मुख धुएर आइज उसको नाक र ओठको बिचको अर्ध-तरलताले घिनायो मलाई!
उ केहि नबोली बाहिर गयो र मैले चियाको घुट्की मा ह्याट्रिक नगर्दै फर्केर आयो|
मुस्किल ले चिउँडोको माथि देखि नाकको डांडी सम्म चिसो बनाएछ|
तपाई कैले घर जाने? अनपेक्षित प्रश्नले मलाई भनन्न बनायो!
अब नजाने|
येहीं बस्ने संधै अब?
उ संधै सुत्ने कोठामा हिजो बेलुका बाट मैले आधिपत्य जमाएको उसको बाल-मस्तिस्कलाई चित्त बुझेन छ!
हो उसको बाल-मस्तिस्कमा अर्को झट्का पारें मैले!
भिनाजु पनि बस्ने हो ? बाउ-छोरै लाई थेग्न सकिन झैं गरी सोध्यो|
म बस्छु, भिनाजु जानुहुन्छ मैले स्पस्टिकरण जारि राखें|
कैले जानुहुन्छ? ए आमा! प्रश्नमाथि प्रश्न ठोक्या ठोकै छ!
अबिनब, स्कुल जान झोला रेडी गर| पल्लो कोठाबाट आएको माइजुको  निर्देशन पालना गर्न जुरुक्क उठेर हिन्यो भैरे मेरो स्वर यन्त्र र मस्तिस्क दुवैलाई आराम दिदै!

चिया सकाएर नित्य कर्मको लागि सानो कोठा तिर लागें!  

बिहानको हात र मुख जोर्ने काम फत्ते गरेर म एउटा थोत्रे कपडा लिएर तल झरें| मेरो पल्सर असारमा जोतेर ल्याको गोरु जस्तो थियो| ग्रामिण परिबेसका घर जस्तो माटै-माटो ले लिपिएर धोसे मुन्टो लगाएर कोल्टीरहेको थियो मेरो पल्सर| मेरो हातको थोत्रे कपडालाई सरफ-पानी मा डुबाएर म तेस्को डडाल्नो मस्काउन थालें| क्रमस पांग्रा, जिउ, पुछार, र अन्य पुर्जामा मेरो हातको झुम्रो सलबलाई रह्यो|
पानी को फोहोराले पखालेर घाममा राखेपछि मेरो पल्सर ठुलो वर्षा पछिको घाममा टल्किने हिमाल जस्तै टलक्यो | फरक थ्यो त बर्णको, हिमाल सेतो मेरो पल्सर कालो| अघि खन्याईएका पानीका अन्तिम थोपाहरु साइलेन्सरको फेदबाट झर्न थालेपछि झुम्रोलाई पर्खालमाथि सुकाएर म माथि चढें|
कोठामा पस्नमात्र भ्याएको थिएँ, “मोटरसाइकललाई मात्र नुहाइदिन्छस कि आफु पनि नुहाउँछस् |” बुवाले पुरानै पाराले स्वरको झापड हान्नु भयो|
“अम्रिस..पू.. हैन! हैन! मेरो बुवाले त मेरै लागि भन्नुभएको हो!” आज मनले मेरो बुवालाई नराम्रो भन्न दिएन|
“छिटो नुहाएर ठिक पर! नबिन दाई आउँदैछन्! तेरो कलेज जानुपर्छ!”
“हुन्छ” साथ साथै मेरो टाउकोले पनि आफुलाई हल्लाएर सहमति जनायो!
कपडा खोज्दा झोलामा मेरो लाज छोप्ने लघु-बस्त्र भेटिन|
“अन्डरवेयर त ल्याउनेई बिर्सेछु” डराई डराई बुवा बस्नुभएको कोठाको ढोकाबाट टाउको मात्र भित्र छिराएर मैले भने|
बुवाको आँखा मेरो आँखासंग जुध्यो|
शारिरीक रुपमा मेरो सरीरले पीडा पाउने सम्भाबना कम भएपनि कान र मस्तिस्कमा राम्रै झापड भेट्छु भन्ने पक्का थियो मलाई!
“बिहेमा सबै काम सकिएपछि बुढीलाई पनि जग्गे मै बिर्सेर हिन्छ्स तँ!” बुवाले मेरो सोचाईलाई यतार्थतामा धकेलिदिनु भयो!
डराई डराई फिस्स हासें म|
“नजिकै कहाँ किन्न पाइन्छ?” बुवाले नहाँसी सोध्नु भयो!
“येही नजिकै मिलनचोक मा!” यो ठाउँको बारेमा म बुवा भन्दा अनि जानकार थिएँ, कारण म यो घर मा पहिले पनि २-३ महिना बसिसकेको थिए मेरो एसएलसी पछीको समय सदुपयोग गर्न| त्यहि बेला सिकेको मोबाइल र फोटो-स्टुडियो को प्राबिधिक ज्ञानलाई निरन्तरता दिन मैले मेरो गाउँमा पसल सुरु गरेको थिएँ|
“दुई ओटा लिएर आइज, पछी पनि त चाहिएला!” ५००को नोट म तिर तेर्स्याउदै बुवाले भन्नु भयो!
“हुन त म फर्केपछी एकै चोटी दसैँमा घर आउँदा मात्र नुहाउँछस् होला, किन चाइयो र धेर?” मैले पैसा पक्रिने बित्तिकै थपीहाल्नु भयो बुवाले |
“हैन, नुहाउँछु!” म पैसा पक्रिने बित्तिकै दौडिएँ! मलाई अरु दच्काइ खानु थिएन!
तल झरेर पल्सरमा चाबी मात्र के छिराउन लागेको थिएँ,
“तँलाई ट्वाइलेट जान पनि बाइक चाहिन्छ होला है अब?” माथि झ्याल बाट बुवाले फेरी मलाई शब्दले घोचीहाल्नु भयो| “किन हेरिरहनु परेको होला..अम्रिस..पु...?” मेरो मनले वहालाई नसकेनी वहाको बचनलाई थप्पड हान्यो!
“हैन, बाइक घाममा रैछ, भित्र सित्तल मा लान लागेको|” बाइक लाई भित्र तिर धकेल्दै बाध्यात्मक झुट बोलें मैले| इच्छा सिसाको झ्याल बाट छिरेर बुवाको कोठामा पुगेपछि पल्सरको चाबी हाफपाइन्ट को गोजीमा कोचेर हात्ती-छाप चप्पल खुट्टामा खादेर मिलनचोक तिर दौडिएँ म|


  

No comments:

Post a Comment