Saturday, May 12, 2012

रंगिन सहरमा पहिलो बिहान


मेरो साथीहरुलाई म रंगिन सहरको गफ लडाउन थालें|
प्रसङ्ग कता बाट कता पुग्यो पात्र पनि को को थपिए!
हुदा हुदा परिबेस परिवर्तन भयो!
टुंट टुंट टुंट टुंट टुंट टुंट
थुक्क मेरो नोकिया ६३००,
बेला न कुबेला कराउन्छ|
बिहान बिउझिंदा मेरो आँखा सिलिंगमा रहेको बत्तीमा अड्कियो| एकछिन त रनभुल्ल परें, मेरो घरको सिलिंगमा यो हरियो बती कहाबाट आयो! दिमाग
बुट भैसकेपछि बल्ल यतार्थता बाहिर आयो, म त रंगिन सहरमा बिउँझेको छु! मैले सिलिंगमा देखेको बत्ति त्यै मान्छेको घरको हो जसलाई मेरो मामाघरको हजुरआमा ले मेरी आमा भन्दा २ बर्ष पछी जन्म दिनुभएको थियो अर्थात् मेरो मामा!
हिजो दिनभरको थकान ले जिउ एकदमै दुखिरहेको थियो! मोटरसाइकलमा एती लामो यात्रा सायदै गर्थें म! तेस्माथि यात्रा छोट्याउन रोजीएको बाटो एकदमै कठिन थियो! सिमसिम पानी धुले बाटोमा बर्सिदा धान रोप्न ठिक्क पारेको हिले-खेत जस्तो थियो अनि हामि बुवा-छोरा बाउसे र मेरो पल्सर एक्लो
हल-गोरु! बेलुका मामा घर आइपुग्दा थकाइको कारण मामा-माइजु र भाइहरुसंग धेरेई गफ हुन पाएन, मामा र बुवा गफिंदै गर्दा म भने भोलिको दिन सम्झिदा सम्झिदै मेरो आफ्नो घर पुगेछु जहाबाट मेरो मोबाइलको अलार्मले मलाई फेरी रंगीन सहरमा फर्काएर ल्यायो|

भान्जा चिया माइजुको स्वर ढोका बाहिर गुन्जियो!
ढोका खोलें, माइजु को हातमा किस्ती र त्यसमाथि ४-५ ओटा चिया भरिएका कपहरु थिए| हरियो रंगको कपमा मैले अधिकार जमाएं| बाकि कपहरुको संख्या हेर्दा घरमा कोहि पाहुना थपिएको महसुस गरें| माइजु बांकि चिया लिएर फर्किंदा पछी रहेको
भैरे मा मेरो आँखा पर्यो, जो बाकि रहेको एकदुई ओटा दांत देखाएर हाँसिरहेको छ|
भैरे अर्थात अविनब, मेरो कान्छो मामाको कान्छो छोरा| तोते बोलि बोल्दा एकपटक मैले त्यसलाई जिस्काएर भैरे भनेर बोलाएको थिएँ! पछी सम्म अबिनबलाई मैले तेरो नाम के हो? भन्दा भैरे भन्ने छोटो जबाफ दिन्थ्यो! उसलाई मेरो नाम सम्म थाहा थिएन त्यो बेलासम्म| अरुले मतिर देखाएर यो को हो? भन्यो भन्ने भैरे भन्ने दादा भन्ने जबाफ दिन्थ्यो ! नाम सोध त, माइजुले एकपटक भैरे लाई मेरो नाम सोध्न प्रोत्साहित गर्नुभएको थियो!
बिजय दादा, हजुरको नाम के हो? कोठालाई हाँसो ले गुन्जायमान बनाएको थियो उसको बालसुलभ प्रश्नले!  
तेरो नाम के हो? मैले पुरानै पाराले पुरानै प्रश्न गरें!
 
..... मैले अपेक्षित जबाफ पाएँ!
जा, मुख धुएर आइज उसको नाक र ओठको बिचको अर्ध-तरलताले घिनायो मलाई!
उ केहि नबोली बाहिर गयो र मैले चियाको घुट्की मा ह्याट्रिक नगर्दै फर्केर आयो|
मुस्किल ले चिउँडोको माथि देखि नाकको डांडी सम्म चिसो बनाएछ|
तपाई कैले घर जाने? अनपेक्षित प्रश्नले मलाई भनन्न बनायो!
अब नजाने|
येहीं बस्ने संधै अब?
उ संधै सुत्ने कोठामा हिजो बेलुका बाट मैले आधिपत्य जमाएको उसको बाल-मस्तिस्कलाई चित्त बुझेन छ!
हो उसको बाल-मस्तिस्कमा अर्को झट्का पारें मैले!
भिनाजु पनि बस्ने हो ? बाउ-छोरै लाई थेग्न सकिन झैं गरी सोध्यो|
म बस्छु, भिनाजु जानुहुन्छ मैले स्पस्टिकरण जारि राखें|
कैले जानुहुन्छ? ए आमा! प्रश्नमाथि प्रश्न ठोक्या ठोकै छ!
अबिनब, स्कुल जान झोला रेडी गर| पल्लो कोठाबाट आएको माइजुको  निर्देशन पालना गर्न जुरुक्क उठेर हिन्यो भैरे मेरो स्वर यन्त्र र मस्तिस्क दुवैलाई आराम दिदै!

चिया सकाएर नित्य कर्मको लागि सानो कोठा तिर लागें!  

बिहानको हात र मुख जोर्ने काम फत्ते गरेर म एउटा थोत्रे कपडा लिएर तल झरें| मेरो पल्सर असारमा जोतेर ल्याको गोरु जस्तो थियो| ग्रामिण परिबेसका घर जस्तो माटै-माटो ले लिपिएर धोसे मुन्टो लगाएर कोल्टीरहेको थियो मेरो पल्सर| मेरो हातको थोत्रे कपडालाई सरफ-पानी मा डुबाएर म तेस्को डडाल्नो मस्काउन थालें| क्रमस पांग्रा, जिउ, पुछार, र अन्य पुर्जामा मेरो हातको झुम्रो सलबलाई रह्यो|
पानी को फोहोराले पखालेर घाममा राखेपछि मेरो पल्सर ठुलो वर्षा पछिको घाममा टल्किने हिमाल जस्तै टलक्यो | फरक थ्यो त बर्णको, हिमाल सेतो मेरो पल्सर कालो| अघि खन्याईएका पानीका अन्तिम थोपाहरु साइलेन्सरको फेदबाट झर्न थालेपछि झुम्रोलाई पर्खालमाथि सुकाएर म माथि चढें|
कोठामा पस्नमात्र भ्याएको थिएँ, “मोटरसाइकललाई मात्र नुहाइदिन्छस कि आफु पनि नुहाउँछस् |” बुवाले पुरानै पाराले स्वरको झापड हान्नु भयो|
“अम्रिस..पू.. हैन! हैन! मेरो बुवाले त मेरै लागि भन्नुभएको हो!” आज मनले मेरो बुवालाई नराम्रो भन्न दिएन|
“छिटो नुहाएर ठिक पर! नबिन दाई आउँदैछन्! तेरो कलेज जानुपर्छ!”
“हुन्छ” साथ साथै मेरो टाउकोले पनि आफुलाई हल्लाएर सहमति जनायो!
कपडा खोज्दा झोलामा मेरो लाज छोप्ने लघु-बस्त्र भेटिन|
“अन्डरवेयर त ल्याउनेई बिर्सेछु” डराई डराई बुवा बस्नुभएको कोठाको ढोकाबाट टाउको मात्र भित्र छिराएर मैले भने|
बुवाको आँखा मेरो आँखासंग जुध्यो|
शारिरीक रुपमा मेरो सरीरले पीडा पाउने सम्भाबना कम भएपनि कान र मस्तिस्कमा राम्रै झापड भेट्छु भन्ने पक्का थियो मलाई!
“बिहेमा सबै काम सकिएपछि बुढीलाई पनि जग्गे मै बिर्सेर हिन्छ्स तँ!” बुवाले मेरो सोचाईलाई यतार्थतामा धकेलिदिनु भयो!
डराई डराई फिस्स हासें म|
“नजिकै कहाँ किन्न पाइन्छ?” बुवाले नहाँसी सोध्नु भयो!
“येही नजिकै मिलनचोक मा!” यो ठाउँको बारेमा म बुवा भन्दा अनि जानकार थिएँ, कारण म यो घर मा पहिले पनि २-३ महिना बसिसकेको थिए मेरो एसएलसी पछीको समय सदुपयोग गर्न| त्यहि बेला सिकेको मोबाइल र फोटो-स्टुडियो को प्राबिधिक ज्ञानलाई निरन्तरता दिन मैले मेरो गाउँमा पसल सुरु गरेको थिएँ|
“दुई ओटा लिएर आइज, पछी पनि त चाहिएला!” ५००को नोट म तिर तेर्स्याउदै बुवाले भन्नु भयो!
“हुन त म फर्केपछी एकै चोटी दसैँमा घर आउँदा मात्र नुहाउँछस् होला, किन चाइयो र धेर?” मैले पैसा पक्रिने बित्तिकै थपीहाल्नु भयो बुवाले |
“हैन, नुहाउँछु!” म पैसा पक्रिने बित्तिकै दौडिएँ! मलाई अरु दच्काइ खानु थिएन!
तल झरेर पल्सरमा चाबी मात्र के छिराउन लागेको थिएँ,
“तँलाई ट्वाइलेट जान पनि बाइक चाहिन्छ होला है अब?” माथि झ्याल बाट बुवाले फेरी मलाई शब्दले घोचीहाल्नु भयो| “किन हेरिरहनु परेको होला..अम्रिस..पु...?” मेरो मनले वहालाई नसकेनी वहाको बचनलाई थप्पड हान्यो!
“हैन, बाइक घाममा रैछ, भित्र सित्तल मा लान लागेको|” बाइक लाई भित्र तिर धकेल्दै बाध्यात्मक झुट बोलें मैले| इच्छा सिसाको झ्याल बाट छिरेर बुवाको कोठामा पुगेपछि पल्सरको चाबी हाफपाइन्ट को गोजीमा कोचेर हात्ती-छाप चप्पल खुट्टामा खादेर मिलनचोक तिर दौडिएँ म|


  

Wednesday, May 9, 2012

खुट्किला


"पृथ्वीनारायण शाहले नेपाल लाइ ४ जात ३६ बर्णको फुलबारी भनेर गरेको ब्याखाले भने मर्ने गरि पोलेको छ मलाई! केहि दसक अघि सम्म सहिस्नुताले छपक्क छोपेको हाम्रो समाजलाई आज संघियता र जातीयताको खोल ओडेका उग्रपन्थी चिन्तन भएका गिदीहरुले टोक्नु सम्म टोकेका छन्! समाबेसी र जातीय उथ्थानको नाममा भएको भेदभावले बेला बेलामा पुक्लुक्कै ढाल्छ म बिचरो बाहुनको छोरोलाई| “थुइक्क कुन दिनमा बाहुनको छोरो भएर जन्मियेछु” भनेर सोच्छु कैले काहिँ| अब त तल्लो जातमा झर्छु भन्दा नि पाउदिन! बाहुननै भएर मर्ने भएँ अब!"
 

दिन-१

‘विजय’ घरको तल्लो तलाबाट आएको बुवाको आवाजलाई  मैले नि निन्द्रेईमा “हुँ” भनेर फर्काए
“उठ” लगत्तेई अर्को आवाज आयो|
“हुन्छ, उठें” अर्धनिन्द्रामै मा कराए|
म बिउझियें | दाहिने हातले सिरकलाई देब्रे तिरबाट तानेर दाहिनेतिरै थुपारे| आंग तन्काएं| एकछिन भित्तामा रहेका केहि मेरा पुराना तस्बिरहरु हेरेर टोलाएँ| हत्तेरिका! तस्बिर हेर्दाहेर्दै झन्डै निदाएछु| लामो हाई काडें, संगै जिउ तनक्क तन्काएं| भित्तामा काटी ठोकेर बनाइएको आलनाबाट पहेलो रंग को टि-शर्ट र खैरो रङ को कटराइजको पेन्ट तानेर लगाएँ | बेलुका सुत्दा लगाएका कपडा हरुलाई त्येही काटीमा टांगे| सिरक मिलाएँ| जिउ अझ भारि भैराखेको जस्तो लागिरहेको थियो| निन्द्रा नपुगेको होकि जस्तो भान भैरहेको थियो| खुट्टाको घुंडाभन्दा तलको भाग खाट बाहिर पारेर फेरी  पट्याइएको सिरकमाथि दुइ हातकोबिचमा टाउको घोप्ट्याएर सुतें| ओहो त्यो बेलाको जस्तो मिठो निन्द्रा अरु बेला कहाँ पाउनु|
“विजय”! फेरी आवाज आयो!
“म आउँ उठाउन लाई?” बुवा को डरलाग्दो आवाज माया लाग्दो पाराले गुन्जियो!
“आए” म पनि के कम! 
छेउमा भएको स्टिलको जग, जसमा बेलुका खानलाई राखेको पानी जतिको तेतीनै थ्यो, लिएर ढोका बाहिर निस्किएँ| तल झरें| काठको २ तले घर छ मेरो|
मध्यम बर्गीय परिवार भएपनि मैले थाहा पाउँदा गाउँमा हुनेखाने वर्गमै पर्थ्यो हाम्रो परिवार! सानो व्यापारले थेगेकैथ्यो हामि ३ सदस्यलाई! पछी मेरो सोचमा परिवर्तन आएपनि आजको दिन सम्म मेरो बुवालाई म धेरेई नै महान मान्छु! बच्चामा बदमासी गरेर कुटाइ खाँदा भने मेरो बाउलाइ कैलेकहिँ हेर्ने गरेको हिन्दी फिल्मको अम्रिस पुरी जस्तो देख्थें म| आमा त आमा भैहाल्नु भो| मनमा भएजति माया मैले देखाउनै सकेको छैन मेरो बा-आमालाई!
“ननुहाएको कति दिन भो?” आमा चिया बसाउँदै भन्नु भयो!
“अस्ति त न्वाको” सजिलो झूट बोलें मैले! सोचेको थें एती झूट बोल्दा बचीहाल्छुनि!
“कैले न्वाइस रे?, फेरी भन्त” आमाले थपेपछी चै अब म बचिन जस्तो लाग्यो|
“अब न्वाउछु नि त!” हार खायें!
  
यो उमेरमा मलाई पढ्नपछी अल्छी लाग्ने काम भनेको नुहाउन र कपडा धुननै हो! नुहाउन ट्युबेल भएको कोठा मा छिरेर ट्युबवेल चलाउथे र जगमा पानी थापेर भित्तामा छ्याप्दै “आछु छु छु” भन्दै कराउँथे! जिउमा पानीको थोपो पर्थेन! कैले कहिँ त यो तरिकाले काम गर्थ्यो तर बाहिर निस्किदा कपाल भिजेको रैनछ र बाले कुइनो घोटदा लेग्रा निस्कियो भने त... हिटलरको बन्दि! तर गर्मिमा पौडी खेल्न भने कैले कहिँ खोला तिर हानिन्छु म!
तर कपडा धुन चाहिं...!! 

नुहाएपछि भिजेका भित्रि कपडालाई आमाले धुन ठिक पारेको बा र आमाको कपडाको थुप्रो भित्र घुसाईदिन्थे! तर त्यो मौका सधै कहाँ जुर्नु र! बुवाले मेरो कोठै रित्तिने गरि कपडा सोहोरेर ट्युबवेलको मुखमुनि थुपार्देपछी केलाग्थ्यो मेरो!! “पूजा १००%” हातमा लिएर सुरु गर्थें युद्ध!
जति मिचेपनि कलरको कालो जादै जादैन! फेरी ४-५ चोटी नपखाली साबुन गनाउन चाडेपो! १ हफ्ता को लुगा लिएर बसेपछि पाता-पाखुरा खुस्केला झैं गरि गल्थ्यो! सुरु सुरुमा मिचेका कपडा त सफै हुन्थे! तर तेस्पछीका भने सफा हुन्थे हन्मेर्नु भन्दा| सुकाउने बेला झट्कारन त परेई जाओस निचोर्न सम्म अल्छी लाग्थ्यो मलाई! बिहान धोएर सुकाएको कपडामा दिउसो आमाको आँखा परेन भने बेलुका सम्म पनि फेदबाट तप तप पानी खसिरहेको हुन्थ्यो| तर फेरी हेर्ने आँखा बुवाको पर्यो भने चाई...... “अम्रिस पुरी!”| फेरी निचोरेर नसुकाई धरेइ’थेन|
सुकाउन मात्रेई लायेत हुन्थ्यो नि! डाइलग माथि डाइलग, डाइलग माथि डाइलग!

“स्याम्पु कता छ?” अल्छि गर्दै नुहाउन पसें! आमाले बाहिर बाट १ पत्ता स्याम्पु फाल्दिनुभयो म भएतिर!
कपडा खोलें! टि-शर्ट खोल्न हात माथि लगेको बेला काखिको गन्धले नाकमा गोलि हान्यो!
“आज चै राम्रै संग नुहाउनु पर्यो!”
पहिलो जगको पानी धेरै जसो भित्ता मा पर्यो!
दोश्रोले छातीसम्म भेट्यो, तेस्रो बाट काम सुरु भयो!
तर एक पटक साबुन पखालेपछी दोहोर्याएर साबुन लगाउन आँट आएन|
      

     नुहाएपछि बाले तलबाट संखघोस नगरुन्जेल बार्तलीमा गएर देखिने आधा गाउँको दृस्य नियाल्न थालें!
       नेपालको पुर्बी पहाडको बिचको एउटा सानो उपत्यका जसलाई उत्तर-पूर्व बाट बग्ने बैध्यनाथ खोला र पूर्व बाट बग्ने पौवा खोलाले सिंचित गरेको थियो, ठाउँ बस्ताबमै राम्रो थ्यो हेर्नलाई| पुर्ब बाट पश्चिम तिर क्रमस भिरालो- भिरालो परेको गाउँ! आहा कति राम्रो छ मेरो गाउँ हेर्नलाई त!
“विजय” मायालु भाकामा डरलाग्दो स्वर!
फेरी संधै सुनिने लयमा आफ्नै नाम! नाम मेरो भएपनि मैले भन्दा धेर अरुले प्रयोग गर्छन| जाबो आफ्नो नाम जुन संधै मेरेई हुन्छ, त्यसमै त आफ्नो अधिकार जमाउन पाइयाछैन, अरु कुरा त आज छ भोलि छैन!
पाइला गन्दै गन्दै तल झरें र पसलमा छिरें! बुवा कुनै बिरामीको नाडी छाम्न लाग्नु भएको थियो!
म पसलमा छिर्ने बित्तिकै आमा भित्र छिर्नु भएको थियो र भर्यांगबाट आएको आवाजले वहा माथ्लो तलामा जाँदै हुनुहुन्छ भन्ने पक्का भयो!
म छेउमा भएको मुडा तानेर बसें|
“कपडा ठिक पार!, चाइने कुरा सब झोलामा हाल” बुवाले ऐलेचाई मायालु पाराले भन्नु भयो!

भित्र गएर एकछिन येत्तिकै झोक्राएर बसें! आमा तल आउनुभयो
“ला यो झोलामा तलाई जाडोमा चाहिने कपडा पट्याएर हाल!”
आमाले कालो रंगको ठुलो झोला दिदै भन्नु भयो! झोला लिएर म माथि चढे|     

मेरो राजधानीको यात्रा सुरु हुने दिन नजिकिदै गएको पक्का भयो मलाई! बुवाले कमाएको इज्जत, स्थानीय सैक्षिक परिपाटी र सरहरुसंगको आत्मीय घुलमिलले मलाई दोस्रो श्रेणीमा १२औं कक्षा नघाएको थियो| पढेरमात्र परिक्षा दिन गएको भए जाँचकीहरुलाई मेरो प्राप्तांक हिसाब गर्न धेर-बेर लाग्दैन’थ्यो होला! सायद मेरो पाठशालाका प्राचार्यलाई नी मेरो चारित्रिक प्रमाणपत्रमा हस्ताक्षर गर्ने सौभाग्य मिल्थेन होला! तर म अल्छि थिइन, अरुले लेखेर ल्याइदेको उत्तरलाई आफ्नो कापीमा उतार्न|

“भाई तिमि भोलि जाने रे हो?” मन्द मुस्कानको साथ पार्वती दिदि मेरो कोठामा आइपुग्नुभयो!

पार्वती दिदि, मेरो फुपुको छोरि| तर २ वर्ष वहा जागिरको सिलसिलामा मेरो घरमा बसिसक्नुभएको थियो! सायद आफ्नै दिदि-बहिनि नभएको कारणले होला वहाप्रति मेरो अघाध माया र सम्मान थियो| तर सामान्य भन्दा सानो कद र सोझोपनको कारणले मेरो कटाक्ष बचनको तारो बन्नुहुन्थ्यो कहिलेकाहीं जुनकुरालाई वहाँले सहजै पचाई दिनुहुन्थ्यो| मलाई व्यंगात्मक पाराले अरुलाई थेचार्न खुब रमाइलो लाग्थ्यो तर मेरो भनाइले कसैलाई भावनात्मक ठेस पुगोस भन्ने मैले कहिलेइ चाहिन! मेरा ब्यङ्गहरुले अरुको मुहारमा हाँसो मात्र ल्याओस भन्ने चाहन्थें म, नकि कसैलाई म प्रति मनमा घृणा जागोस!
“हो त नी , अब आफूत गैन्च, भोलिदेखि न त पसलको चिन्ता, न त बुवाको गालीको डर! हेरिराख्नु न दसैंमा आउँदा ५ किलो मोटाएर आउँछु!” मनभित्र छुट्टिनुपर्ने पिडालाई दबाएरै मैले हांसी हांसी भनिदिए| म मनमा भएको पिडालाई सकेसम्म दबाएर राक्थे! सायद मेरो मनमा परिवार र वहासंगको  बिछोडको सुनामी आको छ भन्ने कुराको भान वहालाई पनि परेन होला! मेरो आफ्नै मनमा पनि छुट्टिनुको पिडा भन्दा रंगीन काठमाडौँको दृस्य प्रस्ट आइरहेका थियो !
 
राति खाना खानेबेला देखि सुरुभएको पारिवारिक गन्थन राति सुत्नेबेला सम्म जारि रह्यो! भोलिपल्ट बुवा पनि मसंगै काठमाडौँ जाने कुरा भयो! बुवालाई मैले सुरु गरेको व्यवसायलाई कसरि निरन्तरता दिने भन्ने चिन्ता थियो!
ब्यबसाय मतलब रहरै रहर मैले कक्षा ११ पढ्दा देखिन नै बुवाले चलाएको पसलको एउटा कुनालाई बेरेर आफ्नै पसल चलाएको थिए जहाँ मैले कम्प्युटर र मोबाइलका खत्राक-खुत्रुक सामान थुपारेको थिएँ! टाकन-टुकन ६० हजार बाट सुरु गरेको पसलमा बुवाले पटक पटक गरेर ३ लाख भन्दा बढी लगानी  गरिसक्नु भयेओ थियो! पसल पनि राम्रै चलेको थियो! तर आज बिहान मात्रेई सबै सामानको लेखा जोखा गर्दा पसल जम्मा १ लाख जतिको मात्र देखीयो!
“खै त यत्रो लगानीको प्रतिफल?” बुवाले दिउसो प्रश्न गर्नु भएको थियो जुन कुराको जवाफ दिन वा छल्नलाई बहाना बनाउन मैले जति गिदी घोटेपनि सकिन!
हुन पनि हो, दुई बर्षको मेरो मेहनत र बुवाको साँढे ३ लाख लगानीलाई मेरो खर्चिलो बानिले २ वर्ष पनि नबित्दै चिरिप्पई पारेछ! सामान लिन गाइघाट वा लाहान जानुपर्थ्यो! म प्राय हप्तामा एक पटक ति ठाउमा पुगिरहेको हुन्थे, जहाँ जादा र आउँदाको खर्च मैले ल्याएको सामानको मुनाफाभन्दा धेरेई हुन्थ्यो! यो कुरा मलाई थाहा भएर पनि मैले आफुले आफुलाई कहिलेइ नियन्त्रण गर्न सकिन किनकि खर्च गर्ने बेलामा “आ.., अर्को चोटी फाइदा भैहाल्छ नी!” भन्ने सोच दिमागमा आउँथ्यो!
“जे भयो भैहाल्यो! अब गएर राम्रोसंग पढ! तलाई पढुन्जेल म जसरि भएनी पढाउँछु! तर बाउले कमाकै छ भनेर धेर खर्चिलो नहुनु! आफ्नो स्तर के हो भन्ने कुरा कहिले पनि नबिर्सनु!” मैले मौन अवस्थामानै सहमतिको टाउको हल्लाएँ!
“जा, सुत अब!”
म उठें, आमा तिर हेरें, अघिनै निदाइसक्नु भएछ सायद दिनभरको थकानले होला!
निन्द्रा पनि कता मुन्टियो आज! छट्पटाउदा छट्पटाउदै निदाएछु!


आज संसार सानो छ!


ढिलै भए पनि आज मलाई उठ्नलाई कसैले बोलाइरहनुपरेन! सायद छिमेकि घरको झगडाले अलार्म को काम गर्यो आज! खै, आजत बिउझी सकेपछी फेरी ओछ्यानलाई थिचीरहन मन लागेन मलाई! जिउ भारि भएको जस्तो पनि लागेन आज| सायद रंगीन सहरको गुरुत्वबलको घेरामा परिसकेको थिएँ म|
तल झरेर नित्यकर्मको लागि ट्युबवेल भएको कोठातिर गएँ! बुवा अघिनै उठेर त्येता जानुभएकोले केहिबेर कुरें!

“मोटरसाइकल निकाल! हावा चेक गर!” चिया खादैगर्दा बुवाले मलाई रमाइलो लाग्ने काम लगाउनु भयो! दराज माथिबाट चाबी निकालेर ग्यारेज भएको घरतिर हान्निए|
एक मुक्का हान्दा पर्ल्याक-पुर्लुक ढल्ला जस्तै छ मेरो घर! तर सांचै चिटिक्क को छ मेरो घर, मेरो आफ्नै नाममा भएको पहिलो अचल-सम्पति! हावाले उडाएर भत्केका भंगेराका गुडका परालका त्यान्द्राहरु बार्तलीमा यत्र तत्र झुन्डिरहेका थिए जसलाई हेर्दा मेरो घरले  आज आँसु खसालेर मलाई बिदाइ गर्दै छ जस्तो लाग्यो! एकछिन घर संग आँखा जुधाएर तेस्को छाति चिरेर भित्र छिरें!

मेरो जिबन को ऐलेसम्मको सबैभन्दा ठुलो उपलब्धि आज धुलो र माकुरोको जालोमुनि चुप-चाप ढल्किरहेको छ! मैले ११ को परिक्षा दिएर लाइसेन्स बनाउने बित्तिकै बाले १२ वर्ष अघि देखि चलाउदै आउनु भएको आर-एक्स बाइकको सौता भएर आएको थियो यो कालो भटभटे! बुवाको रोजाइका होचा र किफायती बाइकलाई उछिनेर र मेरो जिद्दी अनि लिंडेढिप्पी को ढाड चडेर यो घरमा भित्रिएको थियो यो मोटरसाइकल! केहि दिन सम्म मैले काठमाडौँ बस्दा यो बाइक राख्न नपाउने हो कि भन्ने चिन्ताले मलाई सताईरहेको थियो, तर अघिल्लो रातमा भएको बा र मेरो कुराकानीको क्रममा यसलाई मैले साथै राख्न पाउने भएपछि ठुलेई राज्य जितेको सासक झैँ फुरुङ्ग भएको थिएँ म!

बिचरा पल्सर यो घर कुर्ने तै त छस! सायद यो बहान १-२ हफ्ता अघि देखि प्रयोगमा थिएन! पुछपाछ पारेर घोक्र्याउदै बाहिर निकालें! सायद ब्याट्री डाउन भैसकेछ, सेल्फ-स्टार्ट ले काम गरेन! पहिलो लातनै पचाउन सकेन, कराउन थालिहाल्यो!

घर अगाडी लगेर बिसाएँ! बुवा तयार भैसक्नु भएको रहेछ!
हिरो आज काठमाडौँ लागेको? पल्लो घरको अंकलले हसिलो मुख लगाउँदै सोध्नुभयो|
हजुर यस भन्दा धेर भनिन मैले!  आमाको अनुहार हसिलोनै भएपनि मन अमिलो छ भन्ने कुरा थाहा पाउन गारो भएन मलाई! बिहान मा उठ्नु पहिलानै स्कुल गैसक्नु भएकोले दिदि संग मैले अन्तिम बिदा लिन पाइन!
 
आमाले बिदाइ गरेपछी बुवाको म पछि बसें! मेरो पल्सर बुवा र मेरो टांगमुनि बसेर मलाई रंगीन सहरमा पुर्याउनको खातिर कराउन थाल्यो! बिस्तारै मैले मेरो दुइटै घर सानो देख्न थालें !
कोट-पाइन्ट मा सजिएको जमातको बिच..
क्रमस...